गुल्मीमा जिप दुर्घटनाः पाँच जनाको मृत्यु

गुल्मीको सत्यवति गाउँपालिका– ३ मा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ।

काठमाडाैँ– गुल्मीको सत्यवति गाउँपालिका– ३ मा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ।

जिपमा सवार ५१ वर्षीय झलक सोमै, ५५ वर्षीय टीका राहादी ४७ वर्षीय रनबहादुर सिजापति, २५ वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमैको ज्यान गएको हो। ठुलोलुम्पेकदेखि कुढडाडा जाँदै गरेको जिप बिहान तीन बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधव खरेलले जानकारी दिए।

दुर्घटनामा घाइते चार जनाको पाल्पामा उपचार भइरहेको छ। जिप ब्रेक फेल भई सडकबाट खसेको प्रहरीले जनाएको छ।