प्रदेश १ का वनमन्त्री तथा प्रदेशसभा सदस्य उम्मेदवार थापाको निधन

प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ। 

विराटनगर– प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। 

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत थापाको बुधबार निधन भएको हो। कांग्रेस नेता थापा आसन्न निर्वाचनमा मोरङ– ३ (क) बाट उम्मेदवारसमेत थिए।

असोज २३ गते मनोनयन दर्ता गरे लगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो। नोबेलमा भर्ना गरेर परीक्षण गराउँदा डेंगुको संक्रमण पुष्टि भयो। अस्पतालका अनुसार उनमा गम्भीर प्रकारको निमोनिया र पायल्ससमेत देखिएको थियो।

उपचाररत अवस्थामै थापाको निधन भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।