नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर–७ सूर्यपुरास्थित १५ मेगावाटको विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नरजस्ता उपकरण जीर्ण बनेर चल्न नसक्ने अवस्थामा छन्।
काठमाडौं– नेपाल विद्युत् प्राधिरणले गण्डक जलविद्युत् केन्द्रको पुनर्स्थापना र आधुनीकरण गर्ने भएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर–७ सूर्यपुरास्थित १५ मेगावाटको विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता उपकरण जीर्ण बनेर चल्न नसके अवस्थामा छन्। त्यसैले प्राधिकरणले नयाँ उपकरण जडान गर्न लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
४२ वर्षअघि निर्माण भएको केन्द्र जीर्ण बनेकाले पुनर्स्थापना तथा आधुनीकरणका लागि छिट्टै टेण्डर गर्न लागिएको उनको भनाइ छ। विद्युत् केन्द्र परिसरमा रहेका अधिकांश भवन र संरचनासमेत जीर्ण बनेका छन्। जसका लागि ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ।
नेपाल र भारत सरकारबीच भएको सम्झौता बमोजिम निर्माण गरिएको जलविद्युत् केन्द्रले १९७९ अप्रिलबाट विद्युत् उत्पादन थालेको थियो।
एनइए इन्जिनियरिङ कम्पनीले विद्युत्गृह को पुनर्स्थापना र आधुनीकरणको डिजाइन र लागत अनुमान तयार गरी प्राधिकरणमा पेस गरिसकेको छ। विद्युत्गृहमा पाँच/पाँच मेगावाटका तीन वटा युनिट छन्। त्यसमध्ये दुई वटा चल्ने अवस्थामा छन्। एउटा युनिट बिग्रिएर लामो समयदेखि चल्न सकेको छैन।
गण्डक सम्झौता बमोजिम गण्डक बाँध सञ्चालनको सम्पूर्ण अधिकार भारतमा निहीत रहेकाले भारतले नहरमा पानी छोडेका आधारमा विद्युत्गृह सञ्चालन हुन्छ। जसले गर्दा विद्युत्गृहलाई वर्षैभरी सञ्चालन गर्न समस्या छ। घिसिङ नेतृत्वको टोलीले केन्द्रको स्थलगत अवलोकन गरेको थियो।
‘मर्मतसम्भार र निरीक्षण भन्दै भारतले अक्टोबर–नोभेम्बर र मार्च–अप्रिलमा नहर बन्द गर्छ। नहर बन्द भएपछि पानी उपलब्ध नहुँदा विद्युत्गृह सञ्चालन गर्न सकिंदैन”, निर्देशक घिसिङले भने, ‘त्यसैले हामीले दैनिक रुपमा लाखौं रुपैयाँ आम्दानी गुमाउँछौं। पानी हुँदासमेत केन्द्र पूर्ण क्षमतामा चल्न सकिरहेको छैन।” नेपाल–भारत सीमास्थित बिहार राज्यको बाल्मिकी नगरमा नारायणी नदीमा बाँध बनाइएको छ।
उक्त बाँधबाट गण्डक मुख्य पूर्वी र पश्चिम दुई वटा नहर निर्माण गरी भारतर्फ सिँचाइका लागि नारायणीको पानी लगिएको छ। भारतको उत्तर प्रदेश राज्यमा सिँचाइका लागि निर्माण गरिएको गण्डक मुख्य पश्चिम नहरबाट विद्युत्गृह सञ्चालनका लागि पानी उपलब्ध हुन्छ। बाँधबाट झण्डै १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा विद्युतगृह रहेको छ।
बिहार राज्यको जलसंसाधन विभागले गण्डक बाँधको सञ्चालन र मर्मत सम्भार गर्दै आएकोले उसकै नियमनमा बाँध सञ्चालन हुन्छ। विभागले आफ्नो राज्यको आवश्यकता अनुसार बाँधका ढोका खोली पानी लैजाने हुँदा सोही बमोजिम गण्डक जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन हुँदै आएको छ।
जाडो मौसममा सिँचाइका लागि पानी नचाहिने भएकाले मर्मतसम्भार तथा निरीक्षणका नाममा नहर बन्द गरिदिंदा उक्त समयमा विद्युत् उत्पादन गर्न नसकिएको गण्डक जलविद्युत् केन्द्र प्रमुख सुनीलकुमार चतुर्वेदीले बताए। उत्पादित विद्युत् बर्दघाट सबस्टेसन र भारतको रामनगरतर्फ प्रवाह गर्न सकिन्छ । प्राधिकरणले आवश्यक परेका बेला रामनगर सबस्टेसनबाट ४० मेगावाट विद्युत् गण्डक हुँदै आयात गर्ने गरेको छ।
गण्डकको खाली जग्गामा सौर्य विद्युत
प्राधिकरणले केन्द्र स्वामित्वको खाली जग्गामा ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत् आयोजना बनाउने भएको छ। ३४ बिघा जग्गामध्ये ९.७ बिघामा सौर्य विद्युत् आयोजना निर्माण गर्न लागेको हो।
गण्डकसहित लमजुङस्थित मध्यमर्स्याङ्दी र सुर्खेतस्थित झुप्राखोला साना जलविद्युत् त्केन्द्र स्वामित्वको जग्गामा पनि ९ मेगावाट सौर्य विद्युत् आयोजना निर्माण गर्ने तयारी छ। आयोजनाको अनुमानित लागत एक करोड १५ लाख युरो छ।
जर्मन सरकारद्वारा केएफडब्लू विकास बैंकमार्फत ६० लाख युरो अनुदान प्राप्त हुने छ। अपुग रकम नेपाल सरकार र प्राधिकरणले ब्यहोर्ने छन्। एक वर्षभित्र ठेक्काट्टाकाको प्रक्रिया सकेर निर्माण थाल्ने कार्यकारी निर्देशक घिसिङले बताए। २०८१ पुसभित्र बनाइसक्ने लक्ष्य छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
