शनिबार कार बम विस्फोट भएको ठाउँमै यसअघि सन् २०१७ मा ट्रक बम विस्फोट हुँदा ५०० जनाले ज्यान गुमाएका थिए।
सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम विस्फोटमा १०० जना मारिएका छन्। ३०० जना घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मोगादिसुस्थित शिक्षा मन्त्रालयअगाडिको व्यस्त क्षेत्रमा शनिबार दुई वटा कार बम विस्फोट भएको हो।
शिक्षा मन्त्रालयअगाडि पहिलो कार बम विस्फोट भएपछि वरिपरिका मानिस सहयोगका लागि भीड लागेका बेला पुनः अर्को बम विस्फोट भएको थियो। शनिबार कार बम विस्फोट भएको ठाउँमा यसअघि सन् २०१७ मा पनि ट्रक बम विस्फोट गराएको थियो। त्यस विस्फोटका कारण ५०० जनाले ज्यान गुमाएका थिए।
घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। सोमालियाका राष्ट्रपति हसन शेख मुहामुदले घटनामा इस्लामिक अतिवादी समूह अल सबाबको संलग्नता रहेको आरोप लगाएका छन्। सोमालियाको विद्रोही समूह अल सबाबले लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएको छ। तर, ठूलो संख्यामा क्षति भएका घटनामा अल सबाबले जिम्मेवारी लिने गरेको छैन।
घटनास्थलको भ्रमणपछि राष्ट्रपति हसनले आइतबार विज्ञप्ति जारी गर्दै विस्फोटमा मारिएकाहरूको आत्माको शान्तिको कामना गर्दै घाइतेहरूलाई आकस्मिक औषधिको सहयोग गर्न सरकारी अधिकारीहरूलाई आग्रह गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
