नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा आर्मी क्लबले १६० पदकसहित फराकिलो अग्रता बनाएको छ।
कास्की : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले १६० पदकसहित फराकिलो अग्रता बनाएको छ।
गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म ६१९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल १६० पदक हात पारेको छ। प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ३० स्वर्ण, २४ रजत र ३७ कांस्य पदकसहित ९१ पदक हात पारेको छ।
त्यस्तै, अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदकसहित कूल १०२ पदक हात पारेको छ। प्रतियोगितामा बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कांस्यसहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदकसहित ५३ पदक हात पारेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत र १६ कांस्यसहित २६ पदक, एनआरएनएले ६ स्वर्ण, ६ रजत र ४ कांस्यसहित १६ पदक, मधेस प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ कांस्य पदकसहित २४ पदक तथा प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३० कांस्यसहित ४७ पदक जितेका छन्।
लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ कांस्यसहित ३१ तथा कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत र ३ कांस्य पदकसहित पाँच पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताअन्तर्गतका खेल जारी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
