फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको छ। योसँगै नेपाल पाँच पटक फाइनलमा पराजित भएको छ।
काठमाडौं- साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल भिडन्तमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।
खेलको मध्यान्तरसम्म नेपाल बंगलादेशसँग २–० गोलले पछाडि परेको थियो भने खेलको दोस्रो हाफमा बंगलादेश र नेपालले एक/एक गोल गरे। बंगलादेशका लागि सामसुनाहरले खेलको १३औँ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१औँ मिनेटमा गोल गरिन्।
त्यस्तै खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन्। खेलको ७६औँ मिनेटमा बंगलादेशकी श्रीमोतीले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–१ को जीत दिलाइन्। यस हारसँगै नेपाल प्रतियोगितामा उपविजेता बनेको छ।
साफ महिला च्याम्पियनसिपमा नेपाल योसँगै पाँच पटक पराजित भएको छ। यसअघिका चार फाइनलमा भारतसँग पराजित भएको थियो। नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
