बिहीबार नेप्से परिसूचक १५.९६ अंकले घटेर २७३४.९३ को विन्दुमा सीमित भएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक १५.९६ अंकले घटेर २७३४.९३ को विन्दुमा सीमित भएको हो।
बुधबार पनि नेप्से परिसूचक २४.९७ अंकले घटेर बन्द भएको थियो। साथै, बिहीबार कारोबार रकम पनि घटेको छ। यस दिन ३०७ कम्पनीको एक करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर ८७ हजार ४७६ पटक खरिदबिक्री हुँदा आठ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। बुधबार नौ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा बीमा समूहको उपसूचक ०.८० र व्यापारको ३.६७ प्रतिशतले बढ्दा ११ समूहको उपसूचक घटेको छ।
यस दिनको कारोबारमा खानीखोला हाइड्रो पावर ९.९८, सुपर मादी ९.९५, मानुषी लघुवित्त ८.५५ र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले ७.९९ प्रतिशतले कमाएका छन्।
सपोर्ट माइक्रो फाइनान्स ८.३७, नेपाल फाइनान्स ७.१५, गुराँस लघुवित्त ६.५२, तारागाउँ रेजेन्सी ६.१० र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा बिहीबार सर्वाधिक ४२ करोड १९ लाख ३९ हजार ४८५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै शेयर संख्याका आधारमा अंखुखोलाको चार लाख ८७ हजार ६१७ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
