प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेका छन्।

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।

मंगलबार नै प्रधानमन्त्री ओली र राष्ट्रिय जनकंग्रेस (एनपीसी)का अध्यक्ष चाओ ल चीसँग पनि भेटवार्ता गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा सोमबार अपराह्न बेइजिङ पुगेका हुन्।