एनपीएलअन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोज्ले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ।
चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो। चितवनको यो लगातार दोस्रो जित हो। यसअघि सोमबार चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो।
चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले १३.२ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो।
उसका लागि नारायण जोशीले बनाएको ३० रन नै सर्वाधिक उच्च स्कोर रह्यो। म्याट क्रिनलेले १७ रन बनाए भने पोखरा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ सोहिल तनभिर, रिजन ढकाल, लुकले समान ३/३ विकेट लिए भने दीपक बोहराका नाममा १ विकेट रह्यो।
यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १६१ बनायो।
चितवनको जितमा रवि बोपाराले अर्द्धशतकीय इतिङ्स खेले। उनले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाए।
त्यस्तै, कुशल मल्ल ३८ रन बनाए। लुकले १६, अमरले १३ सन्तोष र शरदले ११ रन बनाए।
ब्याटिङतर्फ पोखराका विपिन, बास र रयमोनले समान २/२ विकेट लिए भने सागरका नाममा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
