सुदूरपश्चिमसँग विराटनगर ९० रनले पराजित

१८३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा अलआउट हुँदै ९२ रन मात्र जोड्यो।

काठमाडौँ– नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग विराटनगर ९० रनको फराकिलो अन्तरले पराजित भएको हो।

१८३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा अलआउट हुँदै ९२ रन मात्र जोड्यो। विराटनगरका बसिर अहमदले २४, राजेश पुलामीले १५ तथा अनिल खरेलले ११ रन बनाए। 

सुदूरपश्चिमका स्कट कुगेलेन र अविनाश बोहराले समान ३–३ तथा सेफ जेब, इशान पान्डे र ब्रेन्डन मक्मलेनले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। 

दीपेन्द्रले नटआउट रहँदै २४ बलमा सर्वाधिक ५७ रन जोडे। ब्रेन्डन मक्मेलनले २६ बलमा ३६ रन तथा विनोद भण्डारीले २० बलमा २३ रनको योगदान दिए। 

विराटनगरका अनिल खरेलले ३ तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १–१ विकेट लिए।