नेपाल दृष्टिविहीन टी२० विश्वकप क्रिकेट सेमिफाइनलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको छ।
काठमाडौँ– दृष्टिविहीन टी२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ।
पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो। यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ।
नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। विभिन्न ६ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो। लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो। त्यसैगरी नेपाल श्रीलंकासँग ७० र बांग्लादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई १०८ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो।
पाकिस्तानका जितमा कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए। उनले २१ बलमा १२ चौका र १ छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन्। यसैगरी बाबर अली ३२ रनमा अविजित रहे।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो। नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
