वालिङ नगरपालिका–६ लालुपातेका रेसम रेग्मीले अघिल्लो कात्तिकदेखि गत कात्तिकसम्ममा सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।
स्याङ्जा– वालिङका किसान रेसम रेग्मीले व्यावसायिक रूपमा सागसब्जीखेती र तिनका बेर्ना बिक्री गरेर वार्षिक २६ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्।
वालिङ नगरपालिका–६ लालुपातेका किसान रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर उक्त आम्दानी गर्न सफल भएका हुन्।
अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना बिक्रीबाट ६ लाख आम्दानी भएको बताए।
उनले खेत तथा बारीमा काउली, बन्दा, गोलभेँडा, सिमी, बोडी, काक्रा, भन्टा, भिण्डी, मुला, खुर्सानी, प्याजलगायत सागसब्जी तथा बेर्ना बिक्री गर्दै आएका छन्।
०५२ सालदेखि व्यवसाय थालेका रेग्मीले २०७४ सालमा ‘समर्पण कृषि फार्म’ दर्ता गरे। व्यावसायिक रूपमा तरकारी तथा नर्सरी व्यवसाय गरेको २० रोपनीमध्ये आधा आफ्नै र आधा भाडामा लिएका छन्।
“२० रोपनी जग्गामध्ये झन्डै दुई रोपनीमा चारवटा टनेलमा नर्सरी छ र त्यहाँ विभिन्न प्रजातिका बिरुवा उत्पादन हुँदै आएको छ। बाँकी जग्गामा मौसमअनुसारका तरकारी बाली लगाउँदै आएको छु,” उनले भने। यहाँ उत्पादित सागसब्जी तथा बेर्ना पोखरा, स्याङ्जा, वालिङ तथा बुटवलमा बिक्री हुने गरेको छ।
कहिलेकाहीँ भारत तथा तराईबाट आउने सागसब्जीसित बजार प्रतिस्पर्धा गर्नुपर्दा गाह्रो भए पनि समग्रमा आफू यो पेसाबाट सन्तुष्ट रहेको उनले बताए। कृषि ज्ञान केन्द्रलगायत कृषि क्षेत्रमा सक्रिय संघसंस्थाले समय–समयमा प्राविधिक ज्ञान दिने गरेकाले व्यवसाय सञ्चालनमा सहज भएको उनी बताउँछन्।
कृषिकर्ममा उदाहरणीय कार्य गरेबापत २०७६ सालमा उनी राष्ट्रपतिबाट पुरस्कृत पनि भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
