दक्ष जनशक्ति नभएपछि चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आईसीयू सेट प्रयोगमा आउन सकेका छैनन्।
जलेश्वर– प्रादेशिक अस्पताल जलेश्वरमा खरिद गरिएको दुई करोड ५५ लाख ५२ हजार रुपैयाँको उपकरण प्रयोगविहीन बनेको छ।
चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आईसीयू सेट प्रयोगमा आउन नसकेका हुन्।
कोरोना नियन्त्रणका लागि उक्त उपकरण खरिद गरी ५० शय्याको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो।
भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि दक्ष जनशक्ति नभएपछि २ करोड ५० लाख रुपैयाँभन्दा बढीका ती उपकरण प्रयोगविहीन बनेका हुन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले दक्ष जनशक्ति (दरबन्दी) को अभावमा उपकरण प्रयोग गर्न नसकिएको बताए।
अस्पतालमा आईसीयू सञ्चालन र विशेषज्ञ चिकित्सक भर्नाको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयमा पहल गरिरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
