पेरुलाई हराउँदै अर्जेन्टिना विश्वकपमा छनोट

दक्षिण अमेरिकी विश्वकप छनोटमा पेरुलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले सन् २०२६ मा हुने विश्वकपमा स्थान पक्का गरेको हो। 

काठमाडौँ– साबिक विजेता अर्जेन्टिना सन् २०२६ मा हुने फिफा विश्वकपमा छनोट भएको छ। 

ब्युनस आयर्समा भएको दक्षिण अमेरिकी विश्वकप छनोटमा बुधबार बिहान पेरुलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो। 

खेलको ५५औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टी क्षेत्रमा दिएको क्रसमा लाउटारो मार्टिनेजले गोल गरेका थिए। अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा २५ अंकसहित शीर्षस्थानमा छ।पेरु सात अंकका साथ तालिकाको पुछारमा रहेको छ।

यसैबीच अर्को खेलमा ब्राजिल र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन्। पाँच पटकको विश्वकप विजेता ब्राजिल यस बराबरीसँगै १८ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ।

उरुग्वे २० अंकसहित दोस्रो स्थानमा छ। सबै टोलीले समान १२ खेल खेलेका छन्। दक्षिण अमेरिकाबाट विश्वकपमा ६ राष्ट्र छनोट हुनेछन्।