आइतबार नेप्से परिसूचक ६२ अंकले बढेर २७३८ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ को विन्दुमा कायम भएको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०७ अंकले बढेर ४८७.१० को विन्दुमा उक्लिएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य उकालो लागेको छ।
यस दिन जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी ४.२६ प्रतिशतको वृद्धि देखिएको छ। बैंकिङ १.६२, विकास बैंक २.७१, वित्त २.४८, होटल तथा पर्यटन ०.९६ र लगानी समूह २.५६ प्रतिशतले बढेको छ।
त्यस्तै, जीवन बीमा २.१६, उत्पादन तथा प्रशोधन २.३२, लघुवित्त १.५१, म्युचुअल फन्ड ०.६२, निर्जीवन बीमा १.९५, व्यापार १.१५ र अन्य समूह २.५२ प्रतिशतले बढेको छ।
यस दिन दुई करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर एक लाख ६५१ पटक किनबेच भयो। जसबाट नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिनको कारोबारमा तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। नेप्सेका अनुसार गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त र सुपर मादी हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेको हो।
त्यस्तै, बलेफी हाइड्रो पावर, नारायण विकास बैंक र समृद्धि फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्।
त्यस्तै, सानिमा ग्रोथ फन्ड ६.७६, समाज लघुवित्त ४.८६, मिथिला लघुवित्तका लगानीकर्ताले ४.१६ प्रतिशतले गुमाएका छन्।
यस दिन कारोबारका आधारमा सर्वाधिक सानिमा जीआईसी इन्स्योरेन्सको ३८ करोड ४ लाख ३७ हजार ८३१ रुपैयाँ बराबरको शेयर किनबेच भयो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
