फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङबाट फर्कदै गरेकाे डोजर कालिकाेटमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ।
कालीकोट– कालीकोटमा डोजर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा शनिबार भएको दुर्घटनामा अझै तीन जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
सान्नी त्रिवेणी–१ का चरित्र सार्की, युवराज बुढा र रास्कोट नगरपालिका–७ का मिलन शाहीको मृत्यु भएको कालिकोट प्रहरीका सूचना अधिकारी सवराज बमले जानकारी दिए। एनका अनुसार घाइते खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।
डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी–१ का उमेश गिरी र रक्तिम कार्की बेपत्ता छन्। फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङबाट फर्कने क्रममा डोजर दुर्घटनामा परेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
