नेपालमा अहिले डेंगी संक्रमणको ४५औँ हप्ता चलिरहेको छ। ४२औँ हप्ताबाट डेंगी संक्रमण घट्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालमा डेंगी संक्रमण घट्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमण घट्दै गएको बताए।
सरकारले डेंगीको संक्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ। उनका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेंगी संक्रमण घट्न थालेको हो। नेपालमा अहिले डेंगी संक्रमणको ४५औँ हप्ता चलिरहेको छ।
डा दाहालले ४२औँ हप्तामा मात्रै दुई हजार ५८२, ४३औँ हप्तामा दुई हजार २०४, ४४औँ हप्तामा एक हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए। “जाडो बढेसँगै डेंगी संक्रमण घटिरहेको छ,” उनले भने, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन्। संक्रमण घटेपनि सावधानी अपनाउनुपर्छ।”
अहिलेसम्म २९ हजार १५८ मा संक्रमण भएको भन्दै १२ जनाको निधन भएको कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिए। उनका अनुसार डेंगी संक्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ।
सबैभन्दा बढी कास्कीमा सात हजार २२४ जनामा डेंगी संक्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ।
काठमाडाैँ उपत्यकामा छ हजार ६१२ जनामा डेंगी संक्रमण देखिएको छ। काठमाडौँमा चार हजार ५९५, भक्तपुरमा ८३१ र ललितपुरमा एक हजार १८६ जनामा डेंगी संक्रमण देखिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
