बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले एक बिघा जमिनमा भुइँकटहरको खेती गरेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त उनी विदेश जाने सोच त्यागेर गाउँमै कृषिमा सक्रिय भएका हुन्।
धरान– बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए। तर विदेशमा गर्ने दुःख यहीँ गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए।
अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ। भुइँकटहर खेतीकोमा लागेका उनले यसैबाट आम्दानी गरिरहेका छन्। हाल उनले एक बिघामा भुइँकटहर लगाएका छन्। यसबाट वार्षिक १५ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाए।
“भुइँकटहरको माग राम्रो छ। बजारमा भनेको मूल्य पनि पाइन्छ। गत वर्षभन्दा अझ केही बिरुवा थप गरेको छु। अर्को वर्ष आम्दानी अझै बढ्छ,” उनले भने। उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न। वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ। भुइँकटहर प्रतिगोटा १०० देखि १५० रुपैयाँसम्म बिक्री गर्दै आएका छन्। भुइँकटहर लिन कतिपय व्यापारी फर्ममै आइपुग्ने गरेका छन्।
सुनसरीको बराहक्षेत्रमा भुइँकटरको खेती गर्ने किसानको संख्या सीमित छन्। बजारमा बिक्रीका लागि समस्या नभएको उनले सुनाए। बिरुवा बिक्रीबाट मात्रै वार्षिक १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ।
एउटा बिरुवालाई १० देखि २० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। व्यावसायिक भुइँकटहर खेतीका लागि नगरपालिकाले अनुदान स्वरुप ७७ हजार रुपैयाँ उपलब्ध गराएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
