प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एशियाले माफी मागेपछि काठमाडौँ र भैरहवाबाट उडान गर्ने शर्तसहित उडान प्रतिबन्ध फुकुवा गरिएको हो।
काठमाडौँ– थाई एयर एशियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ।
यही कात्तिक ११ गते अनुमतिबिना काठमाडौँ आएको थाई एयर एशियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो। एयरलाइन्सले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार एयर एशियाले गल्ती महसुस गरेर माफी मागेपछि काठमाडौँ र भैरहवा दुवै गन्तव्यबाट उडान गर्ने शर्तसहित उडान प्रतिबन्ध फुकुवा गरिएको छ।
कम्पनीलाई सातामा काठमाडौँमा चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको छ। भैरहवाको उडान बन्द गरेमा काठमाडौँको उडान स्वत रद्द हुने शर्त समेत राखी उडान फुकुवा गरिएको छ।
“नोभेम्बर ३ तारिखदेखि साताको दुई उडान भैरहवाबाट गर्ने उडान तालिका पेश गरेपछि, जुन दिनबाट भैरहवाबाट उसले उडान गर्छ, त्यही मितिबाट काठमाडौँबाट पनि उडान पुनः शुरू गर्ने शर्तमा थाई एयर एशियालाई नेपालमा उडान अनुमति फुकुवा गरिएको छ। ‘एप्रुभल सेड्युल’ अनुसार काठमाडौँ र भैरहवासँगै उडान गर्नुपर्नेछ,” उनले भने।
थाई एयर एसियाले स्पष्टीकरण पेस गरेर माफी मागेपछि उसको सम्पूर्ण उडान फुकुवा गरिएको सूचना अधिकारी भूलले जानकारी दिए।
बिनाअनुमति थाइल्यान्डबाट काठमाडौँ आएको थाई एयर एशियाको विमानलाई झन्डै एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँ विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको थियो। एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट (जीएसए)लाई पनि कारबाही गरिएको थियो।
थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो। प्राधिकरणले कात्तिक ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो। अनुमति नलिई उडान विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो।
प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ। थाई एयर एशियाले गत असोज १६ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान शुरू गरेको गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
