मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार अन्तर्गतका अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रम निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्ने गरिएको बताएका छन्।
मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै देउवाले नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताए। “मानव अधिकार लोकतान्त्रिक शासन व्यवस्थाको अभिन्न अंग हो । मानव अधिकार बिनाको लोकतन्त्र अपूर्ण हुन्छ”, सन्देशमा भनिएकाे छ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ डिसेम्बर १० मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई मानव अधिकार दिवसका रूपमा मनाउँने गरिन्छ। मानव अधिकारका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अभिसन्धि तथा अनुबन्धहरूको नेपाल पक्षराष्ट्र बनिसकेको छ। मानव अधिकारसम्बद्ध अन्तर्राष्ट्रिय कानूनी व्यवस्था अनुरूप कानूनमा सुधार र संयोजन गर्ने तथा मानव अधिकारका विश्वव्यापी मान्यता र सिद्धान्तलाई हाम्रो कानूनमा क्रमशः आन्तरिकीकरण गर्ने कार्य पनि हुँदै आएको प्रधानमन्त्री देउवाले बताएका छन्।
“हाम्रा कानूनी, नीतिगत र संरचनागत व्यवस्थाहरू हिजोको तुलनामा बढी मानव अधिकारमैत्री छन्। मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धनलाई सर्वोपरी महत्त्व दिई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सक्रियतापूर्वक सहभागिता जनाउँदै पनि आएको छ”, “सीमान्तकृत, विपन्न, लैंगिक अल्पसंख्यक, अपाङ्गता भएका एवं पछाडि परेका क्षेत्र, वर्ग र समुदायलाई सशक्तीकरण गर्ने कार्य भइरहेको छ।”
मानव अधिकारसँग प्रत्यक्ष जोडिएका उत्पादन, रोजगारी, क्षमता विकास र सेवा प्रवाहसम्बन्धी सबै कार्यक्रमहरू संघ, प्रदेश र स्थानीय तहका सरकारको समन्वयमा कार्यान्वयन भइरहेका उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
