कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध टाइब्रेकरमा ४-३ गोलको जित निकाल्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ।
कतारमा भइरहेको विश्वकप फुटबल अन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध टाइब्रेकरमा ४-३ गोलको जित निकाल्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ।
अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले नेदरल्यान्ड्सका शुरूका दुई वटा पेनाल्टी रोकेर आफ्नो टिमलाई अघि बढाएका थिए। अन्तिम पेनाल्टी प्रहार गर्न आएका लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए। त्यसअघि नेदरल्यान्ड्सका गोलकिपर एन्ड्रियस नोपर्टले पनि अर्जेन्टिनाको एउटा पेनाल्टी रोकेका थिए।
यसअघि नियमित समयमा दुवै देशले २-२ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। नेदरल्यान्ड्सले २-०ले पछि परेको अवस्था उल्ट्याएर बराबरी गरेको थियो। उसका लागि दुवै गोल वोट वेघोस्टले गरेका थिए।
८३ औँ मिनेटमा एक गोल फर्काएका उनले दोस्रो हाफको इन्जुरी समयको अन्त्यमा बराबरी गोल गरेका थिए। इन्जुरी समय १० मिनेटको थियो। अन्तिम समयमा पाएको फ्रिकिक बलमा टेउन कुपमेनर्सले दिएको पासलाई उनले गोलमा परिणत गरेका थिए।
यसअघि खेलको ३५औँ मिनेटमा अर्जेन्टिनाका लागि नाहुएल मोलिनाले गोल गरेका थिए। लिओनल मेस्सीको उत्कृष्ट पासमा मोलिनाले गोल गरे। राष्ट्रिय टिमको लागि मोलिनाको यो पहिलो गोल हो। रक्षापंक्तिबाट खेल्ने २४ वर्षीय मोलिनाले गत वर्ष मात्र राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए।
त्यस्तै खेलको ७३औँ मिनेटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए। नेदरल्यान्ड्सका खेलाडीले अर्जेन्टिनाका एकुनालाई डिबक्स क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गरेका थिए।
जारी विश्वकपमा मेस्सीको यो चौँथो गोल हो। समग्रमा उनले विश्वकपमा १० गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने ग्याब्रियल बाटिस्टुटाको कीर्तिमानसँग बराबरी गरे। राष्ट्रिय टिमका लागि भने उनको यो ९५औँ गोल हो।
अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल निकै तनावपूर्ण रह्यो। खेल अवधिभरि रेफ्रीले १६ वटा पहेँलो कार्ड प्रयोग गरे। नेदरल्यान्ड्सका सात र अर्जेन्टिनाका आठ खेलाडीले पहेँलो कार्ड पाएका थिए। अर्जेन्टिनाका प्रशिक्षक सेबास्टियन स्कालोनीले पनि कार्ड पाएका थिए। नेदरल्यान्ड्सका दुई खेलाडीले भने टाई ब्रेकरको समयमा कार्ड पाएका थिए।
खेलको ७६औँ मिनेटमा अर्जेन्टिनी खेलाडीले नेदरल्यान्डका खेलाडीलाई लडाएपछि भएको घम्साघम्सीमा नेदरल्यान्ड्सका बेन्चका खेलाडी पनि मैदान प्रवेश गरेका थिए। जसकारण केही समय खेल रोकिएको थियो।
अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग खेल्नेछ। पहिलो क्वार्टरफाइनलमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको थियो। विश्वकप २०१८ को उपविजेता क्रोएसियाले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराएको हो।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल गरेका थिए। ब्राजिलका लागि स्टार फरवार्ड नेयमारले १०५ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले ११७औँ मिनेटमा गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
