मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान भाषाविद् प्राडा. योगेन्द्रप्रसाद यादवलाई र मदन पुरस्कार ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई प्रदान गरेको छ।
काठमाडौँ– मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव र ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई प्रदान गरेको छ।
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमबीच भाषाविद् प्राडा. यादवलाई जगदम्बा–श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनालीलाई मदन पुरस्कार वितरण गरिएको हो। उनीहरूलाई प्रदान गरिएको पुरस्कार समान चार लाख रुपैयाँसहित सम्मानपत्र रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।
प्राडा. यादवले भाषाविज्ञानका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जगदम्बा–श्री सम्मान अर्पण गरिएको हो। लेखक मैनालीले मुकाम रणमैदानमा नेपाल र अंग्रेज युद्धबारे उल्लेख गरेका छन्। उनले २०० वर्षअघिको कालखण्डका ऐतिहासिक तथ्य, जानकारी र चिठीपत्रका आधारमा पुस्तक तयार गरेका हुन्।
यसअघि २०७९ सालको जगदम्बा–श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’ उपन्यासलाई प्रदान गरिएको थियो।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो। यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
