कवि विमल निभाका कविताहरूको नयाँ किताब 'सत्र भोका काग' मंगलबार काठमाडौँमा विमोचन भएको छ। उनको यो पाँचौँ कविताकृतिमा ५० वटा कविता संग्रहित छन्।
काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका कवि विमल निभाका कविताहरूको नयाँ किताब 'सत्र भोका काग'को मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा विमोचन भएको छ।
उक्त कृतिको कवि विमल निभाका समकालीन सात जना कवि तथा आख्यानकारले विमोचन गरेका हुन्। नारायण ढकाल, डा.अमर गिरी, पुरुषोत्तम सुवेदी, शार्दूल भट्टराई, रेशम विरही, नयराज पाण्डे र मात्रिका पोखरेलले कवि निभाको नयाँ कृति सार्वजनिक गरेका हुन्।
यो उनको पाचौँ कविताकृति हो। यसअघि उनका आगोनेर उभिएको मान्छे, एउटा बाहुला नभएको बुसर्ट, जोकरको बन्दुक र डगेन्द्र राजवंशीको आत्महत्या कविताकृति प्रकाशित भएका थिए। नयाँ कृतिमा उनका ५० वटा कविता छन्। अधिकांश कविता २०८० सालभित्र लेखिएको उनको भनाइ छ।
कार्यक्रमका एक मात्र वक्ता कवि पुरुषोत्तम सुवेदीले कवि निभा सधैँ विचारमा प्रतिबद्ध रहेको बताए। उनले ५६ वर्षदेखि निरन्तर कविता लेखिरहेको र यो समयावधिमा उनको विचार, कला र बिम्ब पक्ष निरन्तर सबल रहेको बताए। "शुरूका दुई वटा किताबमा उहाँको भाषा आक्रमक थियो। पछिल्ला दुई वटा पुस्तकमा केही नरम छ तर कविताको धार कायम छ," उनले भने, "उहाँका राजनीतिक कविता बढी सशक्त छन्। राजनीतिक कविता मार्क्सवादी चिन्तनबाट प्रेरित छन्।"
यो पुस्तकलाई रेडपाण्डाले बजारमा ल्याएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
