संस्कृतिविद् डा. गोविन्द टण्डनको ‘गुठीः जग्गा हो कि सम्पदा’ नामक पुस्तक लोकार्पण भएको छ।
काठमाडौँ– संस्कृतिविद् डा. गोविन्द टण्डनको ‘गुठीः जग्गा हो कि सम्पदा’ नामक पुस्तक लोकार्पण भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पुस्तक लोकार्पण गरेकी हुन्।
“हामीले गुठीलाई जहिल्यै पनि जग्गा भनेर बुझ्यौँ तर लिच्छविकालीन समयदेखिको यो व्यवस्था सम्पदा हो,” मन्तव्य राख्दै डा. टण्डनले भने, “मूर्त र अमूर्त सम्पदाको संरक्षण र दिगो समयको लागि परम्परा धान्ने मनसायले गुठी प्रणालीको व्यवस्था पूर्वजले गरेका थिए।”
गुठीको यस किसिमको व्यवस्थामा सरकारी तहबाटै पनि पटक–पटक हस्तक्षेप र आक्रमण भएको उनको भनाइ छ। गुठी सट्टापट्टा, अक्षय कोषजस्ता विकल्प गरी राजगुठी, छुट गुठी, निजी गुठी विभिन्न तवरले मासिएको उनले बताए। गुठी विधेयकका कारण निम्तिएको गुठी आन्दोलनमा जनता उर्लिएपछि सरकार झुक्नु पारेको स्मरण गरे। उक्त विधेयकका बारेमा अहिलेसम्म राज्यले कुनै पहलकदमी नलिएकोप्रति भने उनको गुनासो छ। गुठीलाई जोगाउने क्रममा कसरी सम्बन्धित निकाय र पहलकर्तामार्फत अघि बढ्न सक्छन् यसमा ध्यानाकर्षण हुनुपर्ने उनी बताउँछन्।
प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कार्कीले आफ्नो कार्यकालमा गुठीका धेरै मुद्दा मामिला आएको र गुठी अतिक्रमण कसरी हुन्छ र संरक्षणका लागि लागेको मानिस दुवै देखेको बताइन्। गुठी जोगाउनका लागि आफूले पदीय जिम्मेवारी वहन गरेको पनि उल्लेख गरिन्।
कार्यक्रममा समापन गर्दै सभापति केदारभक्त माथेमाले गुठीको अवधारणा र परम्परा नेवार समुदायमा मात्र हुने भन्ने बुझाइ अपूर्ण रहेको बताए। उनका अनुसार गुठी हाम्रा परम्परालाई दिगो समयसम्मको निरन्तरता दिने व्यवस्था/धरोहर हो।
नेवार समुदायमा विभिन्न जात्रा पर्व र मन्दिरका लागि रहेका गुठी व्यवस्थाले अझै पनि आफ्ना चालचलन परम्परा धान्न मद्दत पुर्याएको उनले बताए। यद्यपि हाल गुठीमाथि विभिन्न तारिकाले भइरहेको हस्तक्षेप र अतिक्रमणतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।
डा. टण्डनको सम्पादन गरेको पुस्तकमा उनको सम्पादकीयसहित विभिन्न प्राज्ञिक व्यक्तित्व तथा सञ्चारकर्मीका लेखे छन्। गुठीको संगठित जानकारीका लागि पुस्तक महत्त्वपूर्ण दस्ताबेज हुने डा. टण्डनको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
