बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

दैनिक ५० देखि १०० जनासम्म ज्वरोका बिरामी आउने गरेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको धौलागिरि अस्पतालले जनाएको छ।

बलेवा– धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ। 

धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि १०० जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको हो। केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको उनले बताए। 

अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ। स्वास्थ्य कार्यालयका मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाट माग्न सक्ने भएकाले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताइन्। 

बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा पनि डेंगीका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माको बताइन्। उनले ‘खोज र नष्ट गर’ अभियान चलाएर संक्रमण रोक्ने प्रयास जारी रहेको उनको भनाइ छ।