'हामीसँग उपकरण छैन। एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ, नेटमा हेरेर थाहा पाएको लक्षण मिल्ने मानिस आएमा निगरानी राख्छौँ।'
कञ्चनपुर– देशको पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स संक्रमणको जोखिम बढेको छ। भारतमा हालै एक जनामा एमपक्स संक्रमण पुष्टि भए पनि अझै नाकामा सावधानी अपनाइएको छैन।
भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किंदैछन्। भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा संक्रमणको जोखिम बढेको हो।
गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेंगी, एचआईभीलगायत रोग जाँच गर्ने गरिन्छ। उपकरण अभावमा हालसम्म एमपक्सको जाँच शुरूआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताउँछिन्।
“हामीसँग उपकरण छैन। एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ,” उनले भनिन्, “नेटमा हेरेर थाहा पाएको लक्षण मिल्ने मानिस आएमा निगरानी राख्छौँ। लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ मात्रै गर्ने गरिएको छ।” उनका अनुसार शंकास्पद लक्षण देखिए अस्पतालमा रेफर गर्ने गरिएको छ। हालसम्म शंकास्पद लक्षण देखिएका सात जनालाई रेफर गरिएको उनको भनाइ छ।
भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाइ सय मानिसको स्क्रिनिङ भइरहेको छ। पैदल हिँडेर आउने मानिस स्क्रिनिङमा पर्ने भए पनि सवारीसाधनबाट आउने मानिसको स्क्रिनिङ नै गर्न नसकिएको ल्याब टेक्निसियन धामीको भनाइ छ। “गाडीमा आउनेहरू नाकामा रोकिँदैनन्। सिधै जान्छन्। त्यसैले उहाँहरूलाई स्क्रिनिङ नै गर्न भ्याइँदैन,” उनले भनिन्।
गड्डाचौकी नाका भएर महेन्द्रनगरदेखि दिल्ली र देहरादुनसम्म मैत्री बससेवा पनि सञ्चालनमा छन्। करिब एक दर्जन बसमा आउने यात्रु पनि जाँच नगरिकनै भित्रिने गरेका छन्। कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण संक्रमणको जोखिम छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीका अनुसार सरकारले नाकामा स्क्रिनिङ गर्नका लागि पत्राचार गरेको छ।
“एमपक्स जाँचका लागि हामीसँग किट उपलब्ध छैन। स्क्रिनिङ गर्ने भन्ने परिपत्र आएको छ। हामीले त्यहीअनुसार गरिरहेका छौँ,” उनले भने, “स्क्रिनिङमा शंकास्पद देखिएकालाई अस्पताल जान भनेर काउन्सिलिङ गर्ने गरेका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
