नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तालिम प्राप्त कुकुरहरूको छुट्टाछुट्टै पूजा गर्नुका साथै कला प्रदर्शनी पनि गरेका छन्। कुकुरलाई सुरक्षा निकायले अनुसन्धानमा प्रयोग गर्दै आएका छन्।
काठमाडौँ– यमपञ्चकको दोस्रो दिन आइतबार कुकुरको पूजा गर्ने चलन छ। कुकुरलाई सुरक्षा निकायले विभिन्न अनुसन्धानमा प्रयोग गर्छन्। यी कुकुरलाई सरकारले बजेट छुट्याएरै तलब खुवाउँछ।
तीन वटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आइतबार कुकुरको पूजा गर्नुका साथै कला प्रदर्शनी पनि गराएका छन्। नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र) महाराजगन्जले कुकुरको पूजा गर्नुका साथै कला प्रदर्शनी गरेको थियो। प्रहरीले कुकुरलाई अपराध अनुसन्धान र नियन्त्रणमा प्रयोग गर्छ।
कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा दिने चलन छ। कुकुर घरपालुवा जनावर हो र यसलाई आज्ञाकारी र इमानदार मानिन्छ। कुकुरलाई भैरवको बहान पनि मानिन्छ।

नेपाल सशस्त्र प्रहरी बलले पनि कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ। सशस्त्र प्रहरी बल बलम्बुका पशु स्वास्थ्य तथा डग हेन्डर उपशाखाका सशस्त्र प्रहरी नायब निरीक्षक रमेश उप्रेतीले सशस्त्र प्रहरी बलसँग चार जातका कुकुरहरू रहेको जानकारी दिए। सशस्त्र प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रेडर, ककर स्पाइनर र गोल्डे डिटिबर कुकुर छन्।

कुकुरहरूलाई लागुऔषध, हातहतियार तथा विष्फोटक पदार्थको खोजी र अपराध अनुसन्धानमा तालिम दिइ काम गराइने उप्रेतीले बताए। कुकुरहरूले बाढी पहिरो र विपद्जन्य काममा पनि उद्धारमा खटिने उनको भनाइ छ।
नेपाली सेनाले पनि ककुर पूजा र ‘सैनिक डग तथा कला प्रदर्शनी’ गरेको छ। सेनाको भक्तपुरस्थित भैरव बहान गुल्म गुल्मले कुकुरहरूको पूजा गर्नुका साथै विभिन्न कला प्रदर्शनी गरेको हो।












Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
