न्युजिल्यान्डले यसअघि इंग्ल्यान्डलाई ९ विकेट र नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो। बंगलादेशको भने यो दोस्रो हार हो।
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ।
शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
भारतको चेन्नईमा जितको लागि पाएको २४६ रनको लक्ष्य न्युजिल्यान्डले ४२.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। न्युजिल्यान्डका डर्याल मिचेल ८९ रनमा नटआउट रहे। कप्तान केन विलियम्सन ७८ रनमा रिटायर्ड आउट भए। रचिन रविन्द्र ९ र डेभन कन्वे ४५ रनमा आउट भए। ग्लेन फिलिप्स ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे।
बंगलादेशका सकिब अल हसन र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४५ रन बनाएको थियो। बंगलादेशका मुश्फिकुर रहिमले सर्वाधिक ६६ रन बनाए। कप्तान सकिब अल हसन ४० रनमा आउट भए । महमूदुल्लाह रियाद ४१ रनमा नटआउट रहे।
यस्तै, तानजिद हसन १६, मेहेदी हसन मिराज ३०, नाज्मुल हसन सान्टो ७, तौहिद हृदोय १३ र तस्किन अहमद १७ रनमा आउट भए।
न्युजिल्यान्डका लोकी फर्गुसनले ३ विकेट लिए। ट्रेन्ट बोल्ट र म्याट हेनरीले २ विकेट लिए। ग्लेन फिलिप्स र मिचेल सान्टनारका नाममा १–१ विकेट रह्यो।
न्युजिल्यान्डले यसअघि इंग्ल्यान्डलाई ९ विकेट र नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो। बंगलादेशको यो दोस्रो हार हो। बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो। इंग्ल्यान्डसँग १३७ रनले पराजित भएको थियो।
प्रतियोगितामा आयोजक भारतसँगै, बंगलनदेश, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड, श्रीलंका, नेदरल्यान्डस्, अस्ट्रेलिया र अफगानिस्तान सहभागी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
