सोमबार राति सम्पन्न मतगणनामा अध्यक्षका अर्का प्रत्याशी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन्।
काठमाडौँ– नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्।
सोमबार राति सम्पन्न मतगणनामा अध्यक्षका अर्का प्रत्याशी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन्।
खतिवडाले ५१२ र ढकालले ४३० मत प्राप्त गरे। दुवै नेता मोरङ निवासी हुन्। विराटनगरमा भएको प्रथम अधिवेशनबाट उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए। उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए।
यस्तै, पाँचथरका राजकुमार भण्डारी सचिवमा निर्वाचित भएका छन्। उनी ५२४ मत ल्याएर विजयी बन्दा प्रतिद्वन्द्वी उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे।
उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भए। राजवंशीले ६२८ मत र देवान राई ६१० मत प्राप्त गरे। उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याए। दुई उपसचिवका लागि तीन जना प्रतिस्पर्धामा थिए।
पदाधिकारीमा निर्वाचित सबै जना खतिवडा समूहका हुन्। प्रदेशभरबाट ९७७ जना प्रतिनिधिले मतदान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
