मध्यपहाडी राजमार्ग नजिकै रहेको महभिर झरनासम्म पुग्ने बाटोको विस्तारसँगै अन्य पूर्वाधार पनि निर्माण गरिएको छ। सडकको सहज पहुँच भएपछि पर्यटक आगमन बढेको छ।
भोजपुर– भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकीय गन्तव्य बनेको छ। विकास तथा संरक्षण हुन थालेसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुन थालेको हो।
भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै मात्रामा बग्ने गर्छ। सडकको सहज पहुँच भएपछि पर्यटकको आगमन बढेको स्थानीयवासीको भनाइ छ। झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ। दैनिक १०० जनाभन्दा बढी मानिस झरनामा पुग्ने गरेको स्थानीयको भनाइ छ।
झरनाको अझ प्रचार–प्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीय बुद्धप्रसाद राईले बताए। गर्मीको समयमा धेरै पर्यटकको जमघट हुने उनको भनाइ छ। शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको उनले जानकारी दिए।
“महभिर झरनामा पर्यटकको संख्यामा वृद्धि भइरहेको छ,” उनले भने, “दैनिक जसो मानिस आउने गरेका छन्। यसलाई अझ प्रचार–प्रचारमा ध्यान दिन सक्ने हो भने गाउँपालिकाको राम्रो आर्थिक स्रोत बन्न सक्छ।”
भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको संख्यामा वृद्धि भएको उनले सुनाए। झरना राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र छ। यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन्।
गाउँपालिकाको ४ नम्बर वडामा रहेको झरना ६० मिटर अग्लो छ। विगतका वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झरना रहेको स्थानीयको भनाइ छ। बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ। खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन्।
गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए। यो झरना गाउँपालिकाको पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको उनको भनाइ छ।
महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। झरनासम्म पुग्ने सडकलाई कोशी प्रदेशसँगको सहकार्यमा व्यवस्थित गर्ने काम भइरहेको छ। टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना भएको गाउँपालिका रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने योजना रहेको उपाध्यक्ष राईको भनाइ छ।
“टेम्केमैयुङ गाउँपालिका पर्यटन र कृषिमा धेरै राम्रो सम्भावना बोकेको गाउँपालिका हो,” उपाध्यक्ष राईले भनिन्, “यहाँ धेरै पर्यटकीय क्षेत्र छन्। पर्यटनको सँगै यहाँको कृषिलाई जोडेर विकासमा जुटेका छौँ।”
यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
