एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन्।
काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्। मंगलबार दिउँसो एमाले केन्द्रीय कार्यालयको प्राङ्गणमा राखिएको उनको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरुले पनि स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसअघि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए। संविधानसभा अध्यक्षको रुपमा उनले नेपालको संविधान निर्माणमा पुर्याएको योगदानको उच्च प्रशंशा हुने गरेको छ।












Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
