चक्रपथ विस्तारकै दोस्रो चरणमा रहेको कलंकी–बसुन्धरा सडकअन्तर्गत हाल सामाखुसी क्षेत्रमा विस्तारको काम भइरहेको छ।
काठमाडाैँ– कलंकी–बसुन्धरा चक्रपथ(रिङराेड) विस्तारका लागि आवश्यक ‘सर्भिस ट्र्याक’ निर्माणकाे काम भइरहेकाे छ। चक्रपथ सुधार योजनाले गत साउनदेखि ‘ट्रयाक’ निर्माण शुरू गरेकाे हाे।
६ मिटर चौडाइमा बन्ने ‘ट्रयाक’को कुल लम्बाइ ८.२ किलोमिटर छ। ‘ट्र्याक’ निर्माण गर्न कलंकी–बसुन्धरा सडकलाई चार खण्डमा विभाजन गरिएको छ। चक्रपथ विस्तारकै दोस्रो चरणमा रहेको कलंकी–बसुन्धरा सडकअन्तर्गत हाल सामाखुसी क्षेत्रमा विस्तारको काम भइरहेको छ।

चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौँ गरी दुवै जिल्लामा परेको थियो । दोस्रो खण्ड भने काठमाडौँमा मात्रै रहेको छ। चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्ने गरी छलफल भएको थियो। स्वयम्भू, महाराजगञ्जलगायत स्थानमा निर्माणस्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलंकीबाट बसुन्धरासम्म सडक विस्तार गर्न लागिएको हो।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
