दुई सय किलाेमिटरकाे दुरी पार गरेर जब जहाज ३ हजार ७०० फिट माथि पुगेको थियो तब पाइलटलाई जहाज फर्काउनुपर्याे।
जहाजको आकस्मिक अवतरणका अनेक किस्सा सुनिन्छन्। गएको शुक्रबार एटलान्टाबाट बार्सिलोनाको लागि उडेको डेल्टा एअरलाइन्सकाे डीएल १९४ नम्बरकाे जहाजमा पनि यस्तै एक किस्सा भयो।
एक जना यात्रुलाई झाडापखाला लाग्दा पाइलटले जहाजलाई आकस्मिक अवतरण गर्नुपर्याे। साँझ ८ बजे अमेरिकी राज्य जर्जियाको राजधानी एटालान्टाबाट स्पेनको बार्सिलोनाको लागि छुटेको जहाज २०० किलोमिटरको दुरी पार गरेर अमेरिकाकै अर्को राज्य भर्जिनियाको आकाशमाथि पुगेको थियो। पाइलटले उडान रोक्ने निर्णय गरे। जब जहाज ३ हजार ७०० फिट माथि पुगेको थियो तब पाइलटलाई जहाज फर्काउनुपर्याे।
एक जना वृद्ध यात्रुलाई जहाज उडेको केही समयपछि पेटकाे समस्याले सतायाे। उनी पटकपटक विमाभित्रकै शाैचालय गए। त्यहाँ जाने क्रममा झाडापखाला अनियन्त्रित हुन थाल्याे। त्यसले गर्दा विमानस्थलभरि दुर्गन्घ फैलियाे। यस्ताे अवस्थामा बाँकी ६ घण्टाकाे यात्रा गर्न नसकिने थियाे।
डेली मेलका अनुसार उनले एअर ट्राफिक कन्ट्रोललाई म्यासेज गरे–डाइभर्ट टू एटीएल यात्रुले जहाजभरि झाडापखाला गरे, जैविक खतरा।’ त्यसपछि यु–टर्न गरेर फेरि एटलान्टा विमानस्थलमै अवतरण गरे। पाँच घण्टा लगाएर विमानलाई सफा गरे। पुन: उडान गर्नसम्म चालक दलका सदस्यहरूकाे निर्धारित समय सकिसकेकाे थियाे। नयाँ चालक दलका साथ फेरि उडान गरियाे।
तर त्यसमा सवार ती बिरामीलाई पछि के गरियाे भन्ने कुरा खुलाइएकाे छैन। डेल्टाका प्रवक्ताले यात्रुलाई भएको असुविधाप्रति क्षमा मागेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
