प्रहरीले सार्वजनिक गरेकाे वेबसाइटमा सनाखत हुन नसकेका ७४ शव र हराएका ५ हजार ७७६ जनाको विवरण राखिएको छ।
काठमाडौँ– नेपाल प्रहरीले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिकाे विवरण सार्वजनिक गरेकाे छ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले 'पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण' राखिएको वेबसाइटकाे आइतबार उद्घाटन गर्दै सार्वजनिक गरेका हुन्। राज्य व्यवस्था तथा सुशासन समितिको २०७८ वैशाख २ गतेको निर्णयबमोजिम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा वेबसाइट निर्माण गरेर सार्वजनिक गरिएकाे हाे।
दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भइ पहिचान हुन नसकेका, हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गरिएकाे प्रहरीले जनाएकाे छ। प्रहरी महानिरीक्षक कुँवरले वेबसाइटलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास व्यक्त गरे।
अहिले वेबसाइटमा सनाखत हुन नसकेका ७४ शव र हराएका ५ हजार ७७६ जनाको तस्वीरसहितकाे विवरण राखिएको छ। प्रहरीका अनुसार वेबसाइटमा भएका व्यक्तिको कसैले पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
