आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार आएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको जनाएको छ।
काठमाडौँ– नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य बढाएको छ। निगमले बिहीबार मध्यरातपछि लागू हुने गरी पेट्रोल, डिजेल मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो।
निगमले पेट्रोलेमा ४ रुपैयाँ र डिजेल र मट्टितेलमा समान ३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ। मूल्य समायोजन भएसँगै काठमाडौँमा प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १७० रुपैयाँ कायम भएको छ। यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ थियो। त्यस्तै, काठमाडौँमा प्रतिलिटर १७८ रुपैयाँ रहेको पेट्रोलको मूल्य १८२ रुपैयाँ पुगेको छ।
आयल निगमले देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरेर इन्धनको मूल्य निर्धारण गर्ने गरेको छ। तेस्रो वर्गमा पर्ने काठमाडौँ, पोखरा र दिपायलमा इन्धनको मूल्य सबैभन्दा बढी पर्छ।
दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा प्रतिलिटर पेट्रोल १८१ र डिजेल मट्टितेल १६९ रुपैयाँ कायम भएको छ। त्यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर अमलेखगन्ज भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा प्रतिलिटर पेट्रोल १.५० रुपैयाँ सस्तो रहेको छ। यहाँ प्रतिलिटर पेट्रोलको मूल्य १७९.५० र डिजेल तथा मट्टितेलको मूल्य १६७.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।
त्यस्तै एलपी ग्यासको मूल्य २३५ रुपैयाँले बढेर १ हजार ८९५ पुगेको छ। यसअघि एलपी ग्यासको मूल्य १ हजार ६६० रुपैयाँ थियो ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडले अगस्ट ३१ मा पठाएको मूल्यसूचीमा इन्धनको मूल्य बढेर आएअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा मूल्यसूची पठाउने गर्छ, त्यसअनुसार नेपालमा इन्धनको मूल्य घट्बढ हुने गर्छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
