पाकिस्तानविरुद्ध नेपालको खराब शुरूआत, २ ओभरमै ३ विकेट गुमायो

पाकिस्तानकाे मुल्तानमा जारी एशिया कपमा पहिलाे ओभरमै दुई विकेट गुमाएकाे नेपालले दाेस्राे ओभरमा थप एक विकेट गुमाइसकेकाे छ। 

काठमाडाैँ– पाकिस्तानविरुद्ध नेपालले खराब शुरूआत गरेकाे छ। पाकिस्तानकाे मुल्तानमा जारी एशिया कपमा पहिलाे ओभरमै दुई विकेट गुमाएकाे नेपालले दाेस्राे ओभरमा थप एक विकेट गुमाइसकेकाे छ। 

आसिफ शेख ५ रन बनाएर नसिम शाहको बलमा क्याच आट भए। यसअघि शाहिन शाह अफ्रिदीले एकै ओभरमा दुई विकेट लिएका थिए । कुशल भुर्तेल ८ रन बनाएर मोहम्मद रिजवानबाट क्याच आउट भए भने कप्तान रोहित पौडेल पहिलो बलमा नै एलबीडब्लू आउट भए।

टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले दिएकाे ३ सय ४३ रनको विशाल लक्ष्य नेपालले पछ्याइरहेकाे छ।