अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरूले उच्च मनोबलकासाथ काम गर्नसक्ने प्रधानन्यायाधीश श्रेष्ठकाे भनाइ छ।
काठमाडाैँ– सर्वाेच्च अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएकाे छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले साेमबार यस प्रणालीकाे उद्घाटन गर्दै अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए।
अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरूले उच्च मनोबलकासाथ काम गर्नसक्ने उनकाे भनाइ छ। यस्तै, उनले स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरूलाई निश्चिन्तता हुने पनि बताए।
"यसले कर्मचारीहरूलाई निश्चिन्तता हुने, सेवाग्राहीहरूलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ। पेसी व्यवस्थापन कडी हो यो। तारेखसम्म सुधार गर्यौँ हामीले। अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभूति मलाई भएको छ," प्रधानन्यायाधीश श्रेष्ठले भने, "अदालतका हरेक काम, कारबाहीहरू विशेषगरेर मुद्दाका पेसी व्यवस्थापनदेखि मुद्दाका तारेखलगायत सबै कुराहरू प्रविधिमा आवद्ध छन्। प्रविधिमा आवद्ध भएको हुनाले त्यसले धेरै सुशासनको व्यवस्था गर्छ। त्यसलाई पूर्ण रुपमा पालना गर्नेतर्फ हामी लागिरहेका छौँ।"
स्वचालित पेसी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको हाे। यो प्रणालीलाई आगामी दिनमा काठमाडौँ जिल्ला अदालत हुँदै अन्य अदालतहरूमा पनि लागू गरिने प्रधानन्यायाधीश श्रेष्ठले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
