नागरिक उड्डयन प्राधिकरणले पहाडी तथा हिमाली जिल्लामा अतिरिक्त समयमा हुने उडान र अवतरणमा थप कडाइ गर्दै खुला गरेको छ।
काडमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पहाडी तथा हिमाली जिल्लामा अतिरिक्त समयमा हुने उडान र अवतरणमा थप कडाइ गर्दै खुला गरेको छ।
यसअघि प्राधिकरणले साउन १६ गते विभिन्न विमानस्थलमा 'अपरेसन आवर' (बिहान ६:३० देखि दिउँसो १२ बजेसम्म)पछि जुलाई, अगस्ट र सेप्टेम्बरसम्म अतिरिक्त समय उडान सञ्चालन गर्न अनुमति नदिने निर्णय गरेको थियो। जुलाईदेखि सेप्टेम्बरसम्म नियम लागू गरे पनि कर्णाली प्रदेशको हुम्लालगायतका जिल्लाबाट विरोध भएपछि प्राधिकरणले शर्तसहित बिहीबारदेखि नै अतिरिक्त समयमा हुने उडानलाई अनुमति दिएको हो।
उडानलाई सुरक्षित र व्यवस्थित गर्दै सो क्षेत्रका जनताको हवाई यातायातमा पहुँच वृद्धि गरेर विश्वसनीयता कायम गर्ने उद्देश्यले बिहीबारबाटै लागू हुनेगरी चारबुँदे निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
जसअन्तर्गत दुर्गम तथा हिमाली भेगका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व हवाई गन्तव्य, मार्ग र वैकल्पिक विमानस्थलमा मौसम अनुकूल भएमा मात्र उडान अनुमति प्रदान गरिने छ।
प्राधिकरणका अनुसार जहाजका मुख्य चालक र उडान सञ्चालन गर्ने वायुसेवाका ‘डिस्प्याचर’ले उडानयोग्य मौसम भएको लिखित घोषणा पछि मात्र अतिरिक्त समयमा उडान अनुमति दिइने छ। त्यस्तै, भिजिबिलिटीको सुनिश्चितता पछि पनि उडानका लागि पाइलटहरू पनि पूर्ण रूपमा सन्तुष्ट भएको हुनुपर्नेछ।
त्यसैगरी, नेपालगन्ज विमानस्थलबाट दुर्गममा उडान गर्दै आएका वायुसेवा कम्पनीले उक्त विमानस्थलमा फ्लाइट अपरेसन अफिसर (एफओओ) अनिवार्य राख्नु पर्ने निर्णय गरेको छ। उडानसम्बन्धी सम्पूर्ण कार्य एफओओमार्फत गर्नुपर्नेछ।
दुर्गम तथा हिमाली क्षेत्रका विमानस्थलहरूको सञ्चालन समय पुनरावलोकन गर्न तथा हवाई रुटको मौसमको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणले उपमहानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनाए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
