बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सवारीसाधन नचल्ने भएपछि व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्छन्।
ढोरपाटन– गाडी गुड्ने सडकमा वर्षाका कारण ठूल्ठूला ढुंगासहितको पहिरो थुप्रिएको छ। पहिरोले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन।
बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्ण रूपमा अवरुद्ध छन्। सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन्। गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड पाल्न छाडे। गाडीले नै दैलो अगाडि आवश्यक सामान पुर्याइदिएपछि घोडा खच्चडको आवश्यकता पनि किन होस् ररु तर बर्खाको समय सामान ढुवानी गर्ने प्रमुख साधान नै घोडा खच्चड बनेका छन्।
डेढ दशक अगाडिसम्म अधिकांश ग्रामीण क्षेत्रमा लामबद्ध रूपमा खच्चडले भारी बोकेको देखिन्थ्यो। स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन्। तर, यतिबेला बागलुङ ढोरपाटन, भल्कोटको माथिल्लो क्षेत्र, बोबाङ, निसेलढोरलगायतका ठाउँमा खच्चडले सामान बोकेको देखिन्छन्। हिउँदको समयमा गुमनामजस्तै हुने घोडा खच्चडलाई स्थानीयले बर्खामा बजारदेखि गाउँसम्म सामान ढुवानीका लागि प्रयोग गर्न थालेका छन्।
केही दिनदेखिको बर्खाले निसीखोला, तमानखोला र ढोरपाटनका अधिकांश सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका व्यापारीले घोडा खच्चडमार्फत सामान ओसारपसार गरिरहेका छन्। हिउँदभरि घाँस दाना खुवाएर पालेका घोडा खच्चडले बर्खामा काम पाउन थालेपछि खच्चड व्यवसायी पनि खुसी भएका छन्। २४ वर्ष खच्चड व्यवसाय गरेका तुलबहादुर विकले १२ वर्ष अगाडिसम्म सामान ढुवानी गर्थे।
टोल–टोलमै सडक पुगेपछि घोडा खच्चड कामविहीन बनेको विकले बताए। हिउँदभरि दान, घाँस पानी खुवाएर पाल्न गाह्रो हुने गरेको छ। पहिले एउटा खच्चडको ५० हजारभन्दा बढी पर्थ्यो। अहिले मलबाहेक घोडा खच्चडबाट फाइदा छैन।
यता, गाडीको पहुँच नहुँदा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा, खच्चडको प्रयोग गर्ने गरेको खच्चड व्यवसायी मंगले परियारले बताए।
बर्खा लागेपछि तमानखोला र निसीखोलाको अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएका ठाउँमा व्यापारीले गोडा खच्चडमार्फत सामान ढुवानी गर्छन्। बर्खामा ग्रामीण सडक खुलाउन नसकिने निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए।
शाखा सडकका कारण लोकमार्गसमेत अवरुद्ध हुने गरेको छ। मुख्य सडकलाई जसोतसो खुलाए पनि शाखा सडक असोजपछि मात्रै सञ्चालन हुने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
