कोलकातामा भएको खेलमा घरेलु टोली मोहन बगानसँग पराजित भएपछि मछिन्द्र क्लब एएफसी कपको प्लेअफमा पुग्न असफल भएको छ।
काठमाडौँ- मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ।
कोलकातास्थित साल्ट लेक रंगशालामा बुधबार सम्पन्न खेलमा मोहन बगान सुपर जायन्टसँग ३-१ गोलअन्तरले पराजित हुँदै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको हो। मोहन बगानका लागि अन्वर अलीले दुई र जेसन कमिङ्सले एक गोल थपे। मछिन्द्रका मोसुके ओलोमोउले एक गोल फर्काए।
खेलको पहिलो हाफमा गोल गर्दै मोहन बगानले १ गोलको अग्रता लिएको थियो। दोस्रो हाफमा मोहन बगानले २ गोल गर्दा मछिन्द्रले १ गोल मात्र गर्न सक्यो। खेलको ३९औँ मोहन बगानले अग्रता लिएको थियो। ह्युगो बोउमसको कर्नरमा आएको बललाई अन्वर अलीले हेड गर्दै पोस्टको दिशा दिए।
५९औँ मिनेटमा कमिङ्सले मोहन बगानको अग्रतालाई दोब्बर बनाएका थिए। उनले मछिन्द्रका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठलाई बिट गर्दै खाली पोस्टमा गोल गरेका थिए।
७८औँ मिनेटमा मेसुकेले फ्रिकिकबाट गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर निर्धारित खेल सकिन ४ मिनेट बाँकी रहँदा अलीले अर्को गोल गर्दै मोहन बगानलाई ३-१ को अन्तरमा जित दिलाए।
शहीद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मछिन्द्र पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले हराउँदै दोस्रो चरणमा पुगेको थियो। अब मोहन बगानले प्लेअफमा बंगलादेशी क्लब अवाहानी लिमिटेड एफसीसँग खेल्ने छ।
अवाहानीले बुधबार नै सम्पन्न खेलमा माल्दिभ्सको क्लब इगल्सलाई २-१ गोलअन्तरले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
