सिजनको पहिलो खेलमा नै प्रतिस्पर्धा गरेका इंग्लिस प्रिमियर लिगका दुई चर्चित क्लब चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्।
काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र लिभरपुलले बराबरी खेलेर यो सिजनको शुरूआत गरेका छन्।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १८औँ मिनेटमा नै अग्रता लिएको थियो। उसका लागि लुइस डियाजले गोल गरेका थिए। तर यो अग्रता १९ मिनेटभन्दा बढी कायम हुन सकेन।
चेल्सी ३७औँ मिनेटमा खेलमा फर्किएको थियो। उसका लागि अक्सेल डिसासीले गोल गरेका थिए। लिभरपुल र चेल्सीले गरेका एउटा एउटा गोल भारबाट अफसाइड घोषित भएका थिए। मोहम्मद सलाहले लिभरपुलका लागि २९औँ र बेन चिलवेलले चेल्सीका लागि ३९औँ मिनेटमा गरेका गोल रद्द गरिएका थिए।
ईपीएलमा ब्रेन्टफोर्ड र टोटेनहम हट्स्परबीचको खेल पनि २-२ गोलको बराबरीमा सकिएका छन्। ब्रेन्टफोर्डका लागि एमबेउमोले २६ मिनेटमा पेनाल्टीमार्फत र विसाले ३६ मिनेटमा अर्को गोल गरेका थिए। टोटेनहमका लागि रोमेरोले ११औँ र इमर्सनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। दोस्रो हाफमा कुनै गोल हुन सकेन।
बराबरी खेल्ने चार वटै टोलीले १-१ अंक जोड्दै सिजनको शुरूआत गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
