प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने उनीहरूको माग छ।
किमाथांका– जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीबन्दीको मृत्यु भएको घटनामा उनीहरूका परिवारजनले शव बुझ्न मानेका छैनन्।
दुवै जनाको मृत्यु प्रहरीको कुटाइबाट भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन्। कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो।
संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले कैदीबन्दी तोलांगी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताए। कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ।
कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवै जनालाई कुटपिट गरेको बताउँदै आएका छन्। प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन्। दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ।
कैदीको मृत्यु पछि कारागारको आन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका नौ बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताए। यसैबीच, उक्त घटना छानबिनका लागि बुधबार नै समिति गठन गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेको समिति गठन गरिएको हो।
जिल्ला कारागारमा हाल आठ महिलासहित १३८ कैदीबन्दी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
