किंग्स कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल पुलिस क्लब र नेपाल गणतान्त्रिक महासंघबीच हुने भएको छ।
काठमाडौँ– दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल पुलिस क्लब र नेपाल गणतान्त्रिक महासंघबीच हुने भएको छ।
मंगलबारबाट शुरू हुने प्रतियोगिताको पहिलो दिन ४ खेल हुनेछ। किंग्स क्लबले सोमबार जारी गरेको खेल तालिकाअनुसार साउन २६ मा सेमिफाइनल तथा २७ गते फाइनल खेल आयोजना हुने छ।
क्लबका अनुसार प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने छ। सहभागी टोलीलाई समूह ‘ए’ र ‘बी’मा विभाजन गरिएको छ।
समूह ’ए’ मा आयोजक किंग्स क्लब सहित खोटाङ नेशनल युवा संघ, गण्डकी प्रदेश र जीएम समाज रहेका छन्। यस्तै, समूह ‘बी’ मा विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल एपीएफ क्लब तथा कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ रहेका छन्।
प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छन्।
नेपाल भलिबल संघको स्वीकृतिमा हुने यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ।
प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ। आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कारतर्फ मात्र ४ लाख रकम खर्च हुनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ। तेस्रो हुनेले नगद ५० हजार ५ सय र सान्त्वनाले २२ हजार २ सय प्राप्त गर्ने छ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउने छ। हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउने छ।
प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
