निर्माण भएको लामो समयसम्म पनि कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडकमा सहज रूपले सवारी चल्न सकेका छैनन्। धुलो र हिलोका साथै सडक साँघुरो हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको छ।
ढोरपाटन– बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ। पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका छुन्छन्।
बरेङ, ताराखोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन्। तर, मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन्। अर्बौं लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्ण रूपमा स्तरोन्नति हुनसकेका छैनन्।
स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन। मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी सिमाना मालढुंगाबाट पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ। यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौँलगायतका ठूला शहरबाट यातायात सञ्चालन हुन्छ। यस सडकले जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन, गलकोट नपा, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिका गरी छवटा पालिका जोडिएको छ। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले जैमिनी नपा र बागलुङ नपा जोडिएको छ। यो सडकमा स्थानीय गाडीमात्रै चल्छन्।
सालझण्डी–ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ। यस सडकमा पनि ठूला शहरबाट गाडी सञ्चालन भएका छैनन्। मध्यपहाडी लोकमार्गको अब करिब १२–१४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने सालझण्डी–ढोरपाटन स्तरोन्नतिका लागि सरकारले ६२ करोड रुपैयाँ विनियोजन गरे पनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन। नेपालको एकमात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ। कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत करिब ३२ किलोमिटर पर्छ। अहिले यस खण्डमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।
राष्ट्रको गौरवको आयोजनाका काम तीव्रगतिमा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको उनको भनाइ छ। २०७३ सालमा खुलेको करिडोरको ट्रयाक अहिले बल्ल स्तरोन्नति हुन थालेको छ। समयमा योजनाको काम नसकिँदा व्यापारिक केन्द्रबाट चल्नुपर्ने गाडी चल्न सकेका छैनन्। कालीगण्डाकी करिडोर कालोपत्र भएर निरन्तर सञ्चालनमा आए बागलुङबाट बुटवल पुग्न झन्डै दुई घन्टाको दूरी छोटिने उनले बताए।
“करिडोर दुई–तीन देशमात्रै जोड्ने सडक नभएर व्यापारिक सडक पनि हो, यो सडक सञ्चालनमा आए भारतबाट सिधै बागलुङमा सामान ढवानी गर्न सकिन्थ्यो, बुटवल, भैरवहालगायत तराईका व्यापारिक केन्द्रमा पुग्न पोखरा घुम्नुपर्ने थिएन,” उपप्रमुख शर्माले भने, “करिडोर हुँदै बुटवल पुग्न पोखराबाट भन्दा यताबाट झन्डै दुई घण्टा छोटो हुन्छ, अहिले काम भइरहेको छ, निरन्तर यातायात सञ्चालन हुन थाल्यो भने यो सडकले बागलुङको मुहार फेर्ने छ।”
मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ। त्यसमध्ये अधिकांश क्षेत्रमा कालोपत्र भए पनि काठेखोला खण्डमा काम हुनसकेको छैन। ट्रयाक खुलेको साढे दुई दशक बढी हुँदा पनि सडक स्तरोन्नति हुन नसक्दा लोकमार्गमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती खेप्नुपरेको काठेखोलाका अध्यक्ष राजु थापाले बताए।यो सडकमा हरेक दिन दर्जनौँ साना–ठूला गाडी गुड्ने गरेको भन्दै सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना जोखिम पनि उत्तिकै बढेको छ।
सालझण्डी–ढोरपाटन सडक बागलुङ खण्डमा गंगरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ। गुल्मी खण्डमा कालोपत्र गर्ने ठेक्का लगाइएको छ भने अर्घाखाँची खण्डमा १३ किलोटिर कालोपत्र भएको छ। यस सडकलाई यसवर्ष ४० करोड विनियोजन भएको थियो। ढोरपाटन नपाका उपप्रमुख धनबहादुर कायतले घरै अगाडि सडक भए पनि स्थानीयले प्रयोग गर्न नपाएको बताए। ढोरपाटन प्राकृतिक रूपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको उनको भनाइ छ।
निर्माण कम्पनी र आयोजना कार्यालयलाई काम तीव्रगतिमा अगाडि बढाउन आग्रह गरे पनि सुनुवाइ भएको छन्। हिउँदमा धुलो र बर्खामा हिलोले आजित हुनुका साथै साँघुरो सडक हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको उनले बताए।
“दिनदिनै ढोरपाटनमा पर्यटक आउने गर्छन्, निर्माण कम्पनीले समयमै काम नगर्दा यसको असर स्थानीय र पर्यटकलाई परेको छ,” उनले भने, “जनताले नगरपालिकाले सडक बनाएन भन्छन्, यो सडक बनाउने अधिकार हामीलाई छैन, पर्यटकीय गन्तव्यका रूपमा उत्कृष्ट रहेको ढोरपाटन सडकका कारण पछाडि परेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
