नेपाली राष्ट्रिय टोलीका फरवार्ड मनिष डाँगीले थाइल्यान्डको दोस्रो डिभिजनको लिग खेल्ने भएका छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका फरवार्ड मनिष डाँगीले थाइल्यान्डको दोस्रो डिभिजनको लिग खेल्ने भएका छन्। रेयोङ्ग एफसीले उनलाई अनुबन्ध गरेको हो। थाइल्यान्डको क्बलमा अनुबन्ध हुने उनी पहिलो नेपाली खेलाडी बनेका छन्।
मनिषले रेयोङ्ग एफसीबाट डेब्यू गरिसकेका छन्। उनले कम्बोडियन प्रिमियर लिग क्लब नागावर्ल्ड एफसीविरुद्धको प्रि–सिजन मैत्रीपूर्ण खेलमार्फत डेब्यू गरेका हुन्। रेयोङ्गले २–१ गोल अन्तरको जित निकाल्दा मनिषले एक असिस्ट पनि गरेका थिए ।
रेयोङ्ग सन् २००९ मा स्थापना भएको क्लब हो। गत सिजन सातौँ स्थानमा रहेर लिग सक्काएको थियो। दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल खेलेर नेपाल फर्किएका मनिषको यो दोस्रो विदेशी क्लब हो। यसअघि उनी बहराइनको दोस्रो डिभिजन क्लब इतिहाद अल रिफ क्लबबाट एक सिजन खेलेका थिए।
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विराटनगर सिटी एफसीबाट खेलेका थिए। त्यसपछि उनी शहीद स्मारक ‘ए’डिभिजन लिग क्लब मछिन्द्रमा आबद्ध भए। दुई सिजन मछिन्द्रमा खेलेका उनले यस सिजन भने संकटाबाट खेले। इराकसँगको मैत्रीपूर्ण खेलमा उनले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्दै पहिलो गोल गरेका थिए। त्यसयता उनले राष्ट्रिय टोलीबाट ३ गोल गरिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
