हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूल्ठूला दुर्घटना हुने गरेका छन्।
फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा यात्रुवाहक डुंगा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु भएको छ। ४० जनाको सकुशल उद्धार गरिएको छ।
समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि दुर्घटना भएको हो।
सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठ डुंगालाई तीव्र हावाको बहावले हल्लाएपछि यात्रु आत्तिएका थिए र त्यसपछि डुंगा पल्टिएको थियो।”
उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेका छन्। अझै केही मानिस हराइरहेको बताइएको छ। सात हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूल्ठूला दुर्घटना हुने गरेका छन्।
यहाँ सामान्यतया माछा मार्न वा मानिसलाई एक सानो टापुबाट अर्को टापुमा सार्न काठका डुंगा प्रयोग गरिने गरेको छ। प्रत्येक वर्ष समुद्रमा हुने दुर्घटनामा धेरै व्यक्तिको मृत्यु हुने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
