सुन प्रकरण निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले बुझायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्। प्रस्तावमा २० जना सासदको हस्ताक्षर छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक क्विन्टल सुन बरामद प्रकरणको निष्पक्ष छानबिन गर्न मग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याएको छ। 

सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्। प्रस्तावमा २० जना सासदको हस्ताक्षर छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएपछि करिब एक क्विन्टल सुन बरामद भएको थियो।

मोटरसाइकलको ब्रेक शु र सेभिङ ब्लेडमा राखेर सुन ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।