अफगानिस्तान वुमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अनुसार प्रतिबन्धपछि देशभर करिब १२ हजार ब्युटी पार्लरमा काम गर्ने ६० हजार महिलाले आम्दानी गुमाएका छन्।
अफगानिस्तानका हजारौँ ब्युटी पार्लर (सैलुन) स्थायी रूपमा बन्द भएका छन्। तालिबानले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक ब्युटी पार्लर बन्द गरेको हो।
प्रायः घरपरिवारको आयको एक मात्र स्रोत र उनीहरूका लागि घरबाट टाढा भेला हुने स्थान सैलुनमाथिको प्रतिबन्धले महिलाले देशव्यापी रूपमा सञ्चालन गरेका हजारौँ सैलुन भएका हुन्।
“हामी यहाँ हाम्रो भविष्यको बारेमा कुरा गर्न र समय बिताउन पनि आउँथ्यौँ। अब यो अधिकार पनि हामीबाट खोसिएको छ,” बहरा थर बताउने राजधानी काबुलका एक सैलुन ग्राहकले भनिन्, “महिलालाई मनोरञ्जन स्थलमा प्रवेश गर्न अनुमति छैन। त्यसैले अब हामी के गर्न सक्छौँ? समय बिताउन र एक अर्कालाई भेट्न कहाँ भेला हुन सक्छौँ?”
सुरक्षा अधिकारीले उक्त आदेशको विरोधमा प्रदर्शन गरिरहेका महिलालाई तितरबितर पार्न हवाई फायरसमेत गरेका थिए।
‘आफ्नो स्वेच्छाले बन्द भएको’ भन्दै पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको एक जना सैलुन सञ्चालकले बताइन्। नाम नबताउने शर्तमा उनले भनिन्, “दृश्य भयानक थियो। उनीहरू सैन्य गाडी र बन्दुक लिएर आएका थिए। यति धेरै जिद्दी र दबाबका बाबजुद एउटी महिलाले के गर्न सक्छ?”
तालिवान सरकारले भने ‘मेकअप’का लागि खर्च गरिएको अचाक्ली रकमले गरिब परिवारलाई कठिनाइ भएको र सैलुनमा गरिने केही उपचार गैरइस्लामिक भएको दाबी गरेको छ। धेरै मेकअपले महिलालाई प्रार्थनाका लागि उचित स्नान गर्नबाट रोक्ने उसको भनाइ छ। आँखाको मेकअप र कपाल बाट्न पनि निषेध गरिएको छ। तालिबानको आदेशमा भनिएको छ, “यो प्रतिबन्ध तालिबान सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको मौखिक निर्देशनमा आधारित छ।”
अमेरिकी नेतृत्वको सेनाले गरेको २० वर्षमा काबुलसहित अफगानिस्तानका अन्य शहरमा ब्युटी पार्लर फस्टाएका थिए। अफगानिस्तान वुमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अनुसार ब्युटी पार्लरमा प्रतिबन्धपछि देशभरका करिब १२ हजार सैलुनमा काम गर्ने ६० हजार महिलाले आफ्नो आम्दानी गुमाएका छन्।
सन् २०२१ अगस्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ।
अफगानिस्तानका लागि राष्ट्रसंघीय विशेष दूत रिचार्ड बेनेटले गत महिना मानव अधिकार परिषद्लाई बुझाएको प्रतिवेदनमा अफगानिस्तानमा महिला र बालिकाको अवस्था ‘विश्वकै सबैभन्दा खराब मध्येको एक’ रहेको उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
