दुई प्रधानमन्त्रीबीच कृषि, जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ।
इटली भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र बंगलादेशी समकक्षी हसिनाबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा सोमबार साँझ भेटवार्ता भएको हो।
दुई प्रधानमन्त्रीबीच कृषि, जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
बंगलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ। यस्तै, सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ। केही महत्त्वपूर्ण जलविद्युत् आयोजनामा समेत बंगलादेशले लगानी गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बंगलादेशबीच विद्युत् व्यापार सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरणसमेत बनेको छ।
यस्तै, नेपाल र बंगलादेशबीच रहेका विभिन्न संयन्त्रमार्फत द्विपक्षीय हित र चासोका क्षेत्रमा समेत विचार विमर्शका अलावा, अनुभवको आदानप्रदानसमेत भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
