डेंगु संक्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन्। ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन्।
काठमाडौँ– डेंगीका बिरामी चार हजार नाघेका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा संक्रमण दैनिक बढिरहेको बताए।
उनका अनुसार चार हजार २८९ जनामा डेंगुका बिरामी भएका छन्। महाशाखाका अनुसार असार ३० गते दुई हजार ९३० जनामा डेंगुको संक्रमण भएको थियो। कोशी प्रदेशमा दुई हजार ७५४, बागमती प्रदेशमा ७७६, गण्डकी प्रदेशमा ३४४, सुदूरपश्चिम प्रदेशमा ३१६, लुम्बिनी प्रदेशमा १६६, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेंगुका बिरामी रहेका छन्।
डेंगु संक्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन्। ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन्। सुनसरी दुई हजार ५४२, धादिङ ४०१, कास्की २०५, दार्चुला १९०, काठमाडौँ ८०, संखुवासभा ६४, म्याग्दी ५४, कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङ ३८ बिरामी परेका छन्।
डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ।महाशाखाले डेंगु संक्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
